१८ औं रोपाइँ महोत्सव
कृषि र पर्यटनलाई जोडेको छ

पोखरामा रोपाइँ महोत्सव आजभन्दा १८ वर्षअघि सुरु भएको हो । यसले पर्यटकीय आकर्षण बढाउन सहयोग पुगेको छ ।
विशेष गरी कृषिलाई पर्यटनसँग जोडेर किसानको परम्परागत गतिविधिमा पर्यटकलाई आकर्षण गर्छ । नेपालमा जसरी मौलिक तरिकाले रोपाइँ गरिन्छ, पर्यटक यो कुराले लोभिन्छन् । पर्यटकले मनोरञ्जन गरेको देखिएको छ । यो पर्वले कृषि र पर्यटनलाई पनि जोडेको छ । अझ भनौँ भने नयाँ पुस्तामा यो पर्वप्रति आकर्षण बढ्दो छ र यसलाई बढाउने पनि हाम्रो उद्देश्य हो ।
पोखरा सबै मौसमका लागि भनेर यो पर्व मनाइन्छ । बर्खा, हिउँदमा बाह्रै महिना पोखरामा केही न केही गतिविधि भइरहन्छन् है भनेर पर्यटकलाई जानकारी दिन पनि यो पर्व गरिन्छ । यस दिन दही चिउरा खाने र एककासमा हिलो छ्यापेर रमाइलो गरिन्छ ।
मौलिक खानेकुरालाई पनि प्रवद्र्धन यो पर्वको मुख्य उद्देश्य हो । यो पर्वले कृषिलाई पनि आधुनिकीकरण गर्दै जानुपर्छ भनेर सरकारलाई झक्झकाउने माध्यम पनि हो यो महोत्सव । यस वर्ष ठूलो संख्यामा स्थानीय र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुन्छ भन्ने अपेक्षा छ । सबैलाई सचेतना जगाउँदै रोपाइँ महोत्सव भव्य रूपमा सफल हुन्छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया