पत्रकारलाई वित्त व्यवस्थापन तालिम

पोखरा ।
पोखरामा आइतबार पत्रकारका लागि प्रदेश सार्वजनिक वित्त व्यवस्थापन तालिम भएको छ । आर्थिक समाज पत्रकार नेपालको आयोजनामा कार्यक्रम भएको हो ।
गण्डकीका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आन्तरिक उत्पादनमा जोड दिएर आयात प्रतिस्थापन गर्न सके अर्थतन्त्र सबल बन्ने बताए । ‘आर्थिक नीतिलाई आधुनिकरण गर्नुपर्छ । कुन विषय महत्वपूर्ण हो पहिचान गरेर उपयुक्त व्यक्तिलाई अनुदान प्रदान गर्न सकिएमा सरकार सफल भएको मान्न सकिन्छ,’ आलेले भने, ‘सञ्चार माध्यमले राम्रो कुराको समर्थन र नराम्रो कुराको विरोध गरेमा जनताले सजिलै बुझ्न सक्थे ।’
पिफासचिवालयका संयोजक थानप्रसाद पंगेनीले वित्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन भई केही हदमा सुधार देखिएको बताए । आर्थिक व्यवस्थाका समस्या, कमजोरी, अभाव, मूल्याकंन र सुधारका उपाय पहिचान गर्न सकेमा वित्तीय व्यवस्थापन प्रणालीमा सुधार आउने उनको भनाइ छ ।
आर्थिक समाज पत्रकार नेपाल अध्यक्ष जर्नादन बरालले बजेटबारे रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षबारे प्रकाश पारे । पूर्व अर्थसचिव रामेश्वर खनालले बजेट निर्माण र पारित हुने प्रक्रियाबारे प्रकाश पारे । उनले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लाग्यो भन्ने अफवाह भएको जनाउँदै तथ्यका आधारमा सञ्चार जगतले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया