साविक लेखनाथका वडाध्यक्ष एक ठाँउमा

समाधान संवाददाता २०८० असार १९ गते १०:५१

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मूल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका उनीहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मूल्यांकन यथावत राख्ने सहमति गरेका हुन् ।

Advertisement


यता, पोखरा महानगरपालिकाको १३ औं नगर सभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक बर्षको तुलनामा रोपनीमा ठाँउ हेरी केही बढाएर प्रस्ताव गरेको थियो । मालपोत कार्यालय लेखनाथले जग्गाको मूल्यांकनको बिषयमा वडाध्यक्षहरुसँग छलफल गर्नेगरी संयोजन गरिदिन आग्रह गरेकाले वडा नं. २६ मा सवै वडाध्यक्ष भेला भएको अध्यक्ष नरेन्द्र थापाले बताए ।


छलफलमा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नंं २७ का पूर्णकुमार गुरुङ, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३१ का अध्यक्ष ढकनाथ कँडेल, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की र वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया