‘क्रस दी बोर्डर’मा प्रदीप पौडेल
समाधान संवाददाता
२०८० असार २० गते ९:३२

पोखरा ।
होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्।
शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा यसअघि आएर संवाद गरिसकेका छन्।
नेता पौडेलले बौद्धिक पलायन, भ्रष्टाचार र विकासको पेरिफेरिमा आफ्नो भनाइ राख्ने छन्।
सम्बन्धित









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया