पोखरामा सिजी प्लाजा, अरु प्रदेशमा छिटै विस्तार हुने

पोखरा, २० असार (समाधान)—ग्राहकहरुलाई अझ राम्रो सहयोग र सुविधा प्रदान गर्ने उद्देश्य राखी चौधरी ग्रुपले पोखरामा आफ्नो किसिमको पहिलो सिजी प्लाजा स्थापना गरेको छ । उक्त प्लाजामा सिजीका सबै बिजनेस इकाइ सम्मिलित छन् ।
यसले ग्राहकहरुलाई एकै ठाउँबाट सिजी व्यवसायसँग सम्बन्धित सबै जानकारी र सेवाहरु प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
प्लाजा भवनको भुइँ तलामा सिजी मोटर्सको शोरुम छ । पहिलो तलाबाट सिजी डिजिटल शोरुम, सिजी नेट र सिजी फ्रेस सञ्चालन छन् ।
दोस्रो तलामा वित्तीय कारोबारका लागि समर्पित छ । जहाँ नबिल बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी र फिनकोका शाखाहरु सञ्चालनमा रहनेछन् । प्रदेश कार्यालय पनि तेस्रो तलामा छ ।
सिजीले निकट भविष्यमा सबै प्रान्तहरुमा सिजी प्लाजा नेटवर्क विस्तार गर्ने योजना बनाएको छ । पोखरास्थित सिजी प्लाजाको उद्घाटन प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार गरेका हुन् ।









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया