पृथ्वीनारायण क्याम्पस नेपाली विभागले साहित्य सिद्धान्त विमर्श गर्ने

पोखरा ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागले साहित्यसिद्धान्त विमर्श गर्ने भएको छ । ‘साहित्यमा विभञ्जनः विधा मिश्रण र विघटन’ विषयमा प्राडा लक्ष्मण गौतमले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
समीक्षाका कुरा विषयमा प्राडा भवानी पाण्डेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले बताए । नेपाली भाषाको साहित्य सिद्धान्तले लिक छाड्न लागेका बेलामा सरोकारवालालाई झक्झक्याउन यो कार्यक्रम फलदायी हुने प्राडा न्यौपानेको भनाइ छ ।
कार्यक्रममा नेपाली भाषा प्राध्यापन गर्ने शिक्षक, विद्यार्थी सहभागी हुनेछन् । नेपाली भाषाका विभिन्न विधाका मानक क्रमश भत्कँदै जाँदा पर्ने असरका बारेमा घनीभूत छलफल कार्यक्रममा गरिने प्राडा गौतमले बताए ।
पृना नेपाली विभागले हालै नेपाली भाषाको मानकका विषयमा बृहत छलफल गरेको थियो । यस्ता कार्यक्रमले नेपाली भाषाको श्रीवृद्धिमा थप टेवा पुग्ने, अनुसन्धान र अध्ययनमा लागेकाहरुलाई समेत सहयोग पुर्याउने विश्वास आयोजकको छ ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया