एसइई उत्तीर्णलाई गोल्डेन नेचर स्कुलको सम्मान
पोखरा ।
पोखरा महानगरपालिका, वडा नम्बर ३०, खुदी–ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलबाट २०७९ सालको एसइई परीक्षामा सहभागी ४२ जना विद्यार्थीलाई सम्मान गरिएको छ । उक्त परीक्षामा ६ जना विद्यार्थीले ३.६० बाट ३.८० जिपिए, १५ जनाले ३.२० बाट ३.६० जिपिए, १५ जना विद्यार्थीले २.८ बाट ३.२० जिपिए र बाँकी ६ जनाले २.५० बाट २.८० जिपिए प्राप्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्माले विद्यार्थीहरूले एउटा तह राम्रोसँग पार गरेकोमा सबैलाई बधाईज्ञापन गर्दै आगामी दिनमा विषय एवं विद्यालय छनोट लगायत आफ्नो उज्ज्वल भविष्यका लागि उच्च तहमा अध्ययन गर्दा ध्यान दिनुपर्ने औंल्याए । कार्यक्रम सञ्चालन विद्यालयका अंग्रेजी विभाग प्रमुख सोमनाथ कँडेलले गरे ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ रानाभाटले र स्वागत मन्तव्य विद्यालयका पूर्व प्राचार्य नवराज रानाभाटले राखेका थिए ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया