पेट्रोल ६ रुपैयाँ सस्तियो

काठमाडौं ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबारदेखि नै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।
अब भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो भएको छ ।
हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपिजीमा १ सय ३६.६० रुपैयाँ सस्तो हुन्छ । भारतीय आयल निगम (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ३४ पैसा घटेको र डिजेलमा २.४७ पैसा बढेको आयल निगम (एनओसी)का प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
अहिले काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको १ सय ७० रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ५० रूपैयाँ छ । भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया