रोयल सहकारीको नाफा पौने ८ करोड

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले २०७९/८० मा ७ करोड ७५ लाख नाफा गरेको छ । सहकारीले आर्थिक वर्षमा ३१ करोड ४२ आम्दानी गर्दा २३ करोड ६७ लाख खर्च भएको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताए ।
यो नाफा गत वर्षको तुलनामा १९.६० ले बढी हो । सहकारीले यो अवधिमा ८ हजार ७ सय ९७ जना सदस्य पु¥याएको छ । २१ करोड सेयर पुँजी रहेको सहकारीमा निक्षेप १ अर्ब ६४ करोड हुँदा १ अर्ब ७६ करोड ऋण लगानी भएको ढकालले सुनाए । संस्थागत पुँजी १८ करोड ७० लाख अर्थात ८.१७ प्रतिशत छ ।
ऋण जोखिम कोषमा ८ करोड ५० लाख छ । यस्तै, कुल वासलात २ अर्ब २८ करोड र ४४ करोड २५ लाख आर्थात् (२७ प्रतिशत) तरलता छ । सहकारीले विद्युतीय सेवामार्फत कारोबार गर्दै आएको छ । संस्थाले एटिएम सेवा, मोबाइल बैकिङ सेवा, एसएमएस सेवा र क्युआर कोड प्रविधिमार्फत भुक्तानी सेवालाई सहजीकरण गर्दै आएको सूचना अधिकारी ढकालले बताए ।
यस्तै, संस्थाले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरी २ हजार बढी सदस्यमा सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गरेको छ । ‘सरल वित्तीय सेवा गाँउ गाँउ’ भन्ने नाराका साथ सहकारीले सेवा विस्तार गर्दै आएको छ । संस्थाले नियमित रुपमा सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधि साक्षरता, युवा तथा महिला केन्द्रित उद्यमशीलतासम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ ।
संस्थाको कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङ गरी ५ जिल्ला कार्यक्षेत्र विस्तार गरेको छ । बुद्धचोक पोखरामा संस्थाको प्रधान कार्यालय छ । कास्कीकै भण्डारढिक र मोहरियामा शाखा विस्तार भएका छन् ।
तपाईको प्रतिक्रिया