पाेखरा २६ मा अध्यक्षसँग बालबालिका कार्यक्रम

पोखरा ।
पोखरा महानगरपालिका २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् । सामुदायीक विद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा बिद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए ।
थापाका अनुसार पोखरा २६ ले नेपालमा नै पहिलो पटक वडा अध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरेको र उत्त कार्यक्रम प्रभाबकारी भएकाले मासिक एक पटक उक्त कार्यक्रम संचालन गरिने जानकारी गराए ।
थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनसिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र विषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए ।
यसअघि पनि वडा कार्यालयले विभिन्न बिधामा विजय हाँसिलगरि वडाको नाम जिल्लामा राख्न सफल भएको भन्दै सम्मान गरेको बताए । आगामी दिनमा पनि वडाको नामलाई जिल्ला र देशमा राख्ने विद्यार्थीहरुलाई सम्मान र हौँसला दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए ।
वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया