
जोमसोम ।
मुस्ताङको सदरमुकाम जोमसोम बजार आरसिसी पक्की सडक विस्तार भएसँगै व्यवस्थित भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत जोमसोम बजार क्षेत्रको १ हजार ६ सय मिटर सडकमध्ये ५ सय मिटरमा आरसिसी भईसकेको छ ।
बेनी जोमसोम ७६ किमी सडकको चौथो खण्ड मुस्ताङको थासाङ गाउँपालिका २ खन्तीदेखि जोमसोम स्थित कालिगण्डकी नदी पक्की पुल क्षेत्रसम्मको १६ दशमलव ८१ किमी सडक स्तरोन्नतिको जिम्मा पप्पु गौरी पावती कोशी एन्ड न्यौपाने जेभीले लिएको थियो । २०७४ मा सुरु गरिएको ७६ किमी सडकको तेस्रो खण्डबाहेक बाँकी ३ खण्ड अझै निर्माणाधीन छन् ।
खन्तीदेखि जोमसोम कालोपत्र सडकको सम्झौता लागत ७० करोड ५२ लाख छ । निर्माण कम्पनीबाट सहायक निर्माण कम्पनीको फेरबदल, ढिलासुस्ती र प्राकृतिक विपद् लगायतका कारण सम्झौता अवधि सकिएको ३ वर्ष बितिसक्दासमेत सडक निर्माणको काम सम्पन्न हुन सकेको थिएन । बेनी जोमसोम सडकको सुरुआती सम्झौता अवधि ३० महिनामात्र थियो । अहिले खन्ती—जोमसोम सडकको काम गौरी पार्वती जेभीले सम्हालेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
सडक स्तरोन्नति गर्दा भत्किएको पुथाङ एअरपोर्ट बजार क्षेत्र अहिले आरसिसी सडक बनेपछि आकर्षक देखिएको छ
आयोजनाका अनुसार खन्ती जोमसोम सडकको १६ दशमलव ८१ किमीमध्ये १४ दशमलव ५ किमी अस्फाल्ट कालोपत्र र १ हजार २ सय मिटर आरसीसी सडक विस्तार गर्नुपर्नेमा ६ दशमलव ९ किमी कालोपत्र र ५ सय मिटर आरसिसी सडक विस्तारको काम भएको आयोजना प्रमुख जगत प्रजापतीले उल्लेख गरे । अब खन्ती जोमसोममा ४ दशमलव ५ किमी कालोपत्र र ७ सय मिटर आरसिसी गर्न बाँकी रहेको उनले बताए ।
खन्ती जोमसोम सडक अन्तर्गत सदरमुकाम जोमसोम क्षेत्रमा असोजसम्मका आरसिसी र कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रजापतीको भनाइ छ । यो सडकको पछिल्लो भौतिक प्रगति ७० प्रतिशत छ ।
आयोजना अन्तर्गतको खन्ती—जोमसोम खण्डको घरपझोङ ३ पुथाङ एअरपोर्ट क्षेत्रमा अहिले ५ सय मिटर आरसिसी र सडकको दाँयाबाँया फुटपाथसहितको ड्रेन निर्माण अन्तिम चरणमा छ । त्यसपछि एअरपोर्टदेखि जोमसोम पक्की पुलसम्मको सडकमा आरसिसी र कालोपत्र गर्ने योजना छ ।
जोमसोम बजार क्षेत्रमा अहिले सडक चौडा गर्न घर, टहरा भत्काउने काम जारी छ । केही महिनाअघि सडक स्तरोन्नतिका क्रममा भताभुङ भएको पुथाङ एअरपोर्ट बजार क्षेत्र अहिले आरसिसी सडक निर्माण भएसँगै सुन्दर र सफा देखिन थालेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया