
सञ्जय रानाभाट, पोखरा ।
इन्टरनेटको प्रयोग गरेर अनाधिकृत रुपमा एक व्यक्तिको खाताबाट अर्कोको खातामा पुर्याई चोरी गरेर कास्कीमा करोडौं ठगी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/८० मा ४ करोड ३५ लाख रुपैयाँको साइबर ठगी भएको जनाएको छ । फेसबुकमा फेक आइडी बनाएर नजिकैको मान्छे बन्ने र आपत परेको भन्दै पैसा माग्ने जस्ता साइबर क्रियाकलापमा संलग्न भएर करोडौं ठगी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले बताए ।
उनका अनुसार जिल्लामा उजुरी गर्नेहरु सामाजिक सञ्जालबाट झुक्याइएका बढी छन् । ‘साइबर अपराधको प्रकृति हेर्दा विशेष गरी फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी भएको छ,’ डिएसपी विकले भने ।
फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी भएको छ
अनलाइनबाट गठी हुनेको संख्या आर्थिक वर्ष ०७८/७९ मा भन्दा गत आर्थिक वर्ष २०७९/८०को संख्या दोब्बर हो । यी दुई वर्षको तथ्यांक हेर्दा अनलाइन ठगीबाट कास्कीमा ७ सय १६ जना पीडित भएका छन् । अनलाइनबाट ठगी भएको भन्दै आर्थिक वर्ष ०७८/७९ मा २ सय ९७ वटा उजुरी परेका थिए । गत आर्थिक वर्षमा ४ सय १९ वटा उजुरी परेका थिए ।
गत आर्थिक वर्षका ४ सय १९ वटा उजुरीको रकम जोड्दा कास्कीमा ४ करोड ३५ लाख ठगी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निवेदन परेकामध्येबाट प्रहरीले समन्वय गरेर ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ पीडितले फिर्ता गराइसकेको डिएपी विकले बताए ।
‘धेरै रकम ठगी हुनेहरु पनि हुनुहुन्छ । हामीहरुले यसको खोजी गरिरहेका छौं । यहाँबाट तालुक कार्यालयमा पनि निवेदनहरु पठाइएको छ,’ डिएसपी विकले भने । जिल्लामा दर्ता भएका उजुरी माथि छानविन भइरहेको डिएसपी विकले बताए । डिएसपी विकका अनुसार निवेदन दिएर आफैं बन्द गर्ने संख्या पनि छ । जसमध्ये आर्थिक वर्ष २०७८/७९ मा १ सय ८० जना थिए । गत आर्थिक वर्ष २०७९/८० मा ७६ जना छन् । यीमध्ये प्रहरीले आवश्यक कारबाहीका लागि आर्थिक वर्ष ७८/७९ मा १ सय १७ वटा तालुक कार्यालयमा पठाएको छ । आर्थिक २०७९/८० का २ सय १९ वटा निवेदन तालुक कार्यालयमा पठाएको छ ।
यसरी अनलाइनबाट ठगी हुने सबैभन्दा बढी महिला छन् । प्रहरीले प्रस्तुत गरेको तथ्यांकमा कास्कीका कुल अंकको २ सय २६ जना महिलामात्र ठगिएका हुन् । यसरी ठगिनेमा महिलाको तुलनामा पुरुषको संख्या भने कम छ । ठगी भएका ४ सय १९ मध्ये १ सय ६६ जना पुरुष हुन् । यसरी ठगिनेमा बालबालिका पनि छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को तथ्यांकमा बालक ४ र बालिका २३ जना छन् । आर्थिक वर्ष २०७९/८० मा बालक ११ र बालिका १४ जना छन् ।
यसरी विद्युतीय तथ्यांक आदान–प्रदानको माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्षमा जिल्ला सामुदायिक प्रहरी मार्फत १ सय ४ वटा कार्यक्रम गरेको छ । तर पनि अनलाइन ठगीका क्रियाकलाप झनै बढ्दो छ । विद्युतीय अपराधका घटनाहरू बढ्नुमा राज्यको विद्युतीय सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो भएको जानकारहरु बताउँछन् ।
विद्युतीय अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिएको उनीहरुले भनाइ छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनीकरण सकिने उनीहरुको भनाइ छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया