स्टेप वाई स्टेप माविमा हिज्जे प्रतियोगिता
पोखरा ।
स्टेप वाई स्टेप मावि पोखरा ७ मासबारमा अन्तरसदनात्मक हिज्जे प्रतियोगिता भएको छ । कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीबीच भएको प्रतियोगितामा २६ विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा आइस्टाइन सदनका विल्सन न्यौपाने कक्षा ८ ख, दीक्षा दर्जी ८ ख, कुशल भुषाल कक्षा ८ क, समृद्धि तिवारी कक्षा ७ क, लक्षित गोतामे कक्षा ७ ख, कृपा भण्डारी कक्षा ६ क र राजवीर जैसवाल कक्षा ६ ख को समूह प्रथम बन्यो । विद्यालयकी प्राचार्य निर्मला बरालले नेपाली भाषाको विकासका लागि यसखालका कार्यक्रम फलदायी हुने जनाइन् ।
सहप्राचार्य दीपक गिरीले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप आयोजना र ती क्रियाकलापमा विद्यार्थीको सक्रिय सहभागिता जरुरी हुने औंल्याए । कार्यक्रममा शिक्षक युवराज लामिछाने, सुशीला पौडेल, भगवती जिसी लगायतले बोलेको नेपाली विभाग प्रमुख सूर्यप्रसाद लम्सालले बताए ।








सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया