साइनिङ स्टार स्कुलमा स्वागत

पोखरा ।
पोखरा ६ लेकसाइड स्थित साइनिङ स्टार बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाईस्वागत गरेको छ । कार्यक्रममा गण्डकी युनिभर्सिटीका डिन डा कपिल उपाध्यायले विद्यार्थीका लागि पाठ्यक्रमको पढाइमात्र प्रयाप्त नहुने धाराणा राखे ।
डा अधिकारीले अबका विद्यार्थीले देशमै सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै समाजले आफ्नों उपस्थितिको आभास गर्नसक्ने गरी काम गर्न पनि आग्रह गरे । गण्डकी एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका डा सन्तोष कोइरालाले जीवनोपयोगी शिक्षा जरुरी भएको जनाए ।
विद्यालयका प्राचार्य अर्जुनप्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीले दृढ संकल्प लिनुपर्ने विचार राखे । उनले विद्यालयले विद्यार्थीलाई शिक्षासँगै सामाजिक, सांस्कृतिक लगायत विविध पक्षमा अग्रसर बनाउन प्रयत्न गर्ने सुनाए । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्ययनका लागि आएका विद्यार्थीको चाहना विद्यालयले पूरा गर्ने प्रतिवद्धता जाहेर गरे ।
फिस्टेल माउन्टेन कलेजका राजु लामिछानेले साइनिङ स्टारले विद्यार्थीलाई लक्ष्यसम्म पुर्याउने विश्वास सुनाए । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक प्रस्तुति गरेका थिए । स्कुलका संस्थापक बविता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरि अधिकारी, नेपाली शिक्षक मानबहादुर थापा लगायतले बोलेका थिए । साइनिङ स्टारले प्लस टुतर्फ म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्ट, ट्राभल टुरिजम र कम्प्युटर विषयमा अध्यापन गराउँदै आएको छ ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया