लिटिल स्टेप विद्यालयमा स्वागत तथा अभिमुखीकरण

पोखरा ।
लिटिल स्टेप विद्यालय पोखरा ८ मा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ । विद्यालयका संस्थापक शेरबहादुर गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा कमलबहादुर गुरुङ प्रमुख अतिथि थिए ।
कार्यक्रममा संस्थापक प्राचार्य श्रीमती पम्फा गुरुङले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा १० जोड दुई तहमा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयमा भर्ना भएका विद्यार्थीसहित अभिभावकहरुलाई खादा तथा अविर लगाएर स्वागत गरिएको थियो । विद्यालयका कोअर्डिनेटर विनोद गिरीले विषय शिक्षकहरुको परिचय गराउँदै विद्यालयको पोसाक, समय तालिका तथा विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरणबारे प्रकाश पारे ।
विद्यालयमा सञ्चालित सबै कार्यक्रममा अध्यापन गराइने विषयहरुबारे समेत गिरीले प्रष्ट पारे । प्रमुख अतिथि कमल गुरुङले चार दशक बढीको लामो सघर्षपूर्ण यात्राबाट यस क्षेत्रको शैक्षिक धरोहरको रुपमा स्थापित भएकामा विद्यालय सम्वद्ध सबैलाई बधाई दिए । सभापति शेरबहादुर गुरुङले शैक्षिक उन्नयनको अविश्रान्त यात्रामा साथ र सहयोग प्रदान गरेका अभिभावक, मेहेनती विद्यार्थी तथा समर्पित शिक्षक एवं कर्मचारी सबैलाई धन्यवाद दिए ।
‘समाज र देशको माग र आवश्यकतालाई मध्यनजर गरी हामीले नर्सरीबाट प्रारम्भ गरेको शैक्षिक यात्रा विद्यालय, १० जोड २, स्नातक तथा स्नातकोत्तरसम्म पुगेको छ,’ विद्यालयका संस्थापक गुरुङले भने, ‘हामी थप कार्यक्रम प्रारम्भ गर्न पनि सदा तत्पर छौं ।’
१० जोड २ मा अध्यापनरत शिक्षकद्वय गंगाराम पौडेल र ध्रुव केसीले सिकाइलाई थप प्रविधिमैत्री बनाउँदै लैजान आफूहरु प्रतिवद्ध भएको सुनाए । कार्यक्रममा विद्यार्थीहरुको स्वागतमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन १० जोड २का विद्यार्थीद्वय क्रिस्टिना पुन र कृष्मा छन्त्यालले गरेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया