जिल्ला अदालतको मुद्दा फछ्र्याेट संख्या वृद्धि

पोखरा ।
कास्की जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा मुद्दा पछ्र्यौैट संख्या विगतको भन्दा राम्रो देखिएको छ । जिल्ला अदालतबाट विगत २ आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा फछ्र्योट संख्या बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा जिम्मेवारी सरेका आएका २४ सय ३७ र नयाँ दर्ता हुन आएका ३९ सय २४ गरी कुल ६३ सय ६१ वटा मुद्दा दर्ता भएकोमा ४१ सय १४ वटा मुद्दा पछ्र्याेट भएको अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्याल बताए । उनले मुद्दा फछ्र्याेट संख्या लक्ष्य अनुरुप भएको बताए । ‘जिल्ला अदालतले जुन लक्ष्य अनुमान गरेको थियो । त्यो अनुरुप मुद्दा फछ्र्योट भएको छ,’ अर्यालले भने ।
जब कि आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १३ वटा मुद्दा फछ्र्योट भएका थिए । यो वर्ष जिल्ला अदालतमा जिम्मेवारी सरेर आएका २ हजार ७५ र नयाँ दर्ता ३३ सय ७५ गरी कुल ५४ सय ५० वटा मुद्दा दर्ता भएकोमा ३ हजार १३ वटा मुद्दामात्र फछ्र्यौट भएका थिए ।
यी दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मुद्दा फछ्र्योटका संख्या हेर्ने हो भने निकै कम छ । आर्थिक वर्ष २०७७/७८ मा २१ सय ४६ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए । यति बेला जिम्मेवारी सरेर आएका १९ सय ७४ वटा र नयाँ दर्ता २२ सय ४७ वटा गरी ४२ सय २१ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षमा २२ सय ५० वटा मुद्दाको जिम्मेवारी सरेको छ । यसमध्ये ६ वटा मुद्दा २ वर्ष नाघेका छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया