सामुदायिक वनबाट समृद्धि यात्रा

गण्डकी ।
पोखरा १९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुंगे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो ।
घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक संघर्षले अधिकार प्राप्त गर्न सफल भएको समूहका पूर्वअध्यक्ष मुक्तिबहादुर सुनारले सुनाए । संगठित आवाजले सार्थकता पाउँदा प्राकृतिक स्रोत संरक्षण, प्रबद्र्धन र उपयोगको अधिकार प्राप्त भएको हो । वन समूह भूमि पुज्ने कृषि सहकारी संस्थाको माध्यमबाट समृद्धिको अभियानमा जुटेको उनले जनाए ।
‘पहिले ग्यासको सिलिन्डर र विद्युत्को सुविधा थिएन, वन पैदावार जस्ता प्राकृतिक स्रोतमा दलितको अधिकार निकै कम थियो’, उनी भन्छन्, ‘उपल्लो जातिका समुदायको आँखा छल्दै दाउरा ल्याएर जीविकोपार्जन गर्नुपर्ने दलित बस्तीको बाध्यता थियो ।’
सुनारले अधिकार प्राप्तिको लडाइँमा धेरै पटक पिटाइ खाएको र मुद्दा मामिला बेहोर्दै प्रहरी हिरासतमा समेत बस्नु परेको दुखेसो सुनाए । उनले सामुदायिक वनको अवधारणाले आसपासका बासिन्दालाई संरक्षणको अधिकार दिएपछि २०५१ सालदेखि भने सहजरुपमा वन पैदावारको उपयोग गर्दै गर्न पाएको उनको भनाइ छ ।
‘खाना पकाउन र वस्तुभाउलाई कुँडो र घाँससमेतका लागि जंगल छिर्न नपाउँदा प्राकृतिक स्रोत उपयोगका क्रममा अन्य समूहसँग झगडा भइरहन्थ्यो’, ७० वर्षीया मनकुमारी सुनार विगत सम्झिन्छिन् । पहिले वन पैदावारको उपयोग गर्ने र गर्न नपाउनेका बीचमा पटक पटक विवाद हुँदा हात हालाहालको अवस्था सिर्जना हुने गरेको थियो ।
सामुदायिक वन समूहका अध्यक्ष मनबहादुर सुनारका अनुसार साढे ७ हेक्टरमा पैmलिएको सामुदायिक वनमा हाल ८० घर परिवार उपभोक्ता छन् । ‘पछिल्लो अवस्थामा अन्यत्र कुनै पनि सामुदायिक वन समूहमा उपभोक्ता नभएका ३ घर भुजेल परिवारलाई उपभोक्तामा समावेश गरेका छौं’, उनले थपे । कटुस, चिलाउने, तिदुु लगायतका बोटबिरुवा रहेको उक्त वनमा उपभोक्ता समूहको सक्रियतामा चाँप, डालेघाँस, तेजपात, अलैँची जस्ता आयआर्जनका बिरुवा रोपिएको छ ।
कटुसका पातबाट दुनाटपरी बनाइ बिक्री गर्न पाए प्लास्टिकलाई बिस्तापित गर्दै आयआर्जमा समेत टेवा पुग्नेमा उनले योजना सुनाए । लामो समयदेखि वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले वनबाट समृद्धि सम्भव छ भन्ने विश्वासका साथ काम गरिरहेको सुनारको भनाइ छ । सर्वसुलभ नीतिको अभावमा वनमा हुर्केका रुख उपयोग र बिक्री वितरण गर्न नसकिएको भन्दै उनले गुनासो गरे । पछिल्लो समय सामुदायिक वन समूहको कोषमा १२ लाख संकलन भएको छ ।
उनले वनमा आधारित उद्यम सञ्चालन एवं कृषि उत्पादनसँग जोडिएर थप आयआर्जन गर्ने लक्ष्य लिइएको उल्लेख गरे । सहकारीमा हाल ७० सदस्य छन् । जसले न्यूनतम २ हजारदेखि ३० हजारसम्म सेयर लगानी गरेका छन् । घार्मीलाई बेसारको हब बनाउने लक्ष्यका साथ सहकारीमार्फत पहिलो पटक ३ रोपनीमा सामूहिक बेसार खेती सुरु गरिएको छ । उनी भन्छन्, ‘सहकारीले समूहगतरुपमा बाख्रापालन, कुखुरापालन र तरकारी खेतीमा लगानी गर्दै आएको छ ।’
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका निवर्तमान अध्यक्ष भारती पाठक प्राकृतिक स्रोतमाथि आदिवासी जनजाती र विपन्न वर्गको अधिकार स्थापित गर्ने पहिलो संस्था महासंघ भएको जनाए । ‘मुलुकलाई काठमा आत्मनिर्भर बनाउने हो भने प्रत्येक वर्ष काठ तथा काठजन्य सामग्री आयातमा हुने गरेको ठूलो रकम बचत हुनुका साथै हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ’, उनी भन्छन् ।
समूहलाई अब्राहम कञ्जरभेसन अवार्ड
भूमि पुज्ने तीसढुंगे सामुदायिक वन समूहले अब्राहम कञ्जरभेसन अवार्ड प्राप्त प्राप्त गरेको छ । वन, वातावरण तथा वन्यजन्तुको संरक्षण गरेबापत समूहलाई ५० हजार नगदसहित सम्मानपत्रसहित सम्मान गरिएको हो । ‘वनले यति ठूलो पुरस्कार प्राप्त गरेको खबर पाउँदा निकै खुसी लागेको छ’, सुनार भन्छन्, ‘उपभोक्ताको घर घरमा पुगेर हर्षका आँसु बगाउँदै खुसीयाली साटासाट गरेको आजै हो जस्तो लाग्छ ।’









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया