एम्बुलेन्स हटलाइन चलाउँदै प्रदेश

पोखरा ।
गण्डकी प्रदेशमा एम्बुलेन्सको निशुल्क हटलाइन नम्बर १०२ मंगलबारदेखि सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ मन्त्रालयमातहत यो सेवा सञ्चालन हुनेछ ।
सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडाले १०२ मा फोन गरी गण्डकी प्रदेश भरिएका जनताले सेवा लिन सक्ने जानकारी दिइन् । यसअघि नेपाल टेलिकम र अन्य व्यवस्थापन प्रणालीमा आएका समस्याले एम्बुलेन्सको निशुल्क हटलाइन सेवा प्रभावकारी हुन सकेको थिएन । गण्डकी सरकारले अस्पतालमा प्रयोग हुने रगत प्रदेशका बासिन्दाका लागि सित्तैमा उपलब्ध गराउँदै आएको छ ।
अहिले गण्डकी प्रदेशमा क र ख वर्गका एम्बुलेन्स सञ्चालनमा छन् । ‘क’ वर्गका एम्बुलेन्समा आइसियुसहितको सेवा हुन्छ भने ‘ख’ वर्गका एम्बुलेन्समा तालिम प्राप्त स्वास्थकर्मी हुन्छन् ।
अहिले गण्डकी प्रदेशमा विभिन्न संस्था, सरकारी र गैरसरकारी निकायसँग गरी १ सय २२ एम्बुलेन्स छन् । तीमध्ये ३८ वटा एम्बुलेन्स १०२ मा फोन गरी प्रयोग गर्न सकिने जनाइएको छ । डा. नारायण श्रेष्ठले हटलाइन शाखामा अहिले जनशक्ति कम भएको जनाउँदै केही समयमा जनशक्ति थपेर चुस्त सेवा दिने प्रतिवद्धता गरे ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यतर्फका सचिव विनोदविन्दु शर्माले केही व्यवस्थापन गरी यो सेवालाई अझै प्रभावकारी बनाउँदै लगिने जनाए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया