मणिपाल र चरकमा आँखा पाक्ने राेगकाे उपचार सित्तैमा

पोखरा ।
पोखरा महानगरका २ अस्पतालमा आँखा पाक्ने रोग( कन्जंक्टिभाइटिस)को उपचार सित्तैमा हुने भएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधी सित्तैमा हुने प्रबन्ध भएको हो ।
हिमालय आँखा अस्पतालले यो रोग भएका बिरामीको ओपिडी शुल्क नलिने भएको छ । महानगरका मेयर आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेलबीच सो समझदारी भएको हो ।
मुलुकका विभिन्न भागमा फैलिइरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेको छ ।सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणसम्बन्धी समझदारी गरिएको मेयर आचार्यले बताए । भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगसँग सम्बन्धित बिरामीले यसको लाभ लिन सक्ने उनी बताउँछन् ।
व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकासँग सहकार्य गरी सित्तैमा उपाचार गरिएको निर्देशकद्वय पौडेल र पोखरेलले बताए । बुधबारदेखि साउन मसान्तसम्म यो सुविधा उपलब्ध हुनेछ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ ।
महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले ओपिडी टिकटको शुल्क नलाग्ने अरु सेवाको भने शुल्क तिर्नुपर्ने जानकारी दिइन् । आँखा अस्पतालमा बुधबार १ हजार १ सय ९० बिरामी उपचारका लागि आएकोमा १ सय ९० जनामा यो समस्या देखिएको उनले बताइन् ।
महानगरपालिकाले रोगको संक्रमण नफैलियोस् भनी बुधबारदेखि शुक्रवारसम्म मातहतमा सबै विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालयहरू संक्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया