तनहुँ मालपोतबाट पौने ३१ करोड राजस्व संकलन

समाधान संवाददाता २०८० साउन २६ गते १०:११

तनहुँ ।

Advertisement

जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ३० करोड ८४ लाख ३ हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार ६ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।


आर्थिक वर्ष २०७९÷८० मा रजिस्टे«सन दस्तुरबाट १५ करोड ८० लाख ५ हजार ४ सय १७, पुँजीगत लाभकर ११ करोड ३९ लाख ५७ हजार १५, रोक्का दस्तुर धितोसमेत गरी ३ करोड १८ लाख ७० हजार राजस्व संकलन भएको थियो ।


नामसारी संशोधनबाट ६२ लाख ६८ हजार ८ सय १७, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर ११ हजार ८ सय ५ रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको हो ।

Advertisement


संकलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत संकलन भएको ११ करोड ३९ लाख ५७ हजार १५ संघीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइनेछ ।

तपाईको प्रतिक्रिया