बंगुरपालन व्यवसायमा २४ करोडको क्षति

गण्डकी ।
बंगुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै २४ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा संक्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बंगुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
‘२२ हजार ६६ बंगुर संक्रमित भएकामा ठूलो संख्यामा बंगुर मरे, करिब २४ करोड रुपैयाँ बराबरको क्षति भएको हाम्रो अनुमान छ,’ मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले भने, ‘भाइरसजन्य यो रोगको संक्रमण दर र मृत्युदर दुवै उच्च छ ।’
पछिल्लो समय भने उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताए । शंकास्पद लक्षण देखिएका बंगुरको अहिले पनि नियमित स्वास्थ्य परीक्षण हुँदै आएकामा उक्त रोगको संक्रमण नदेखिएको हो ।
‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएका बंगुर फार्मलाई ४५ दिनसम्म खाली गराई निसंक्रमण गरेरमात्र किसानले बंगुर पाल्न सुरु गरेको डा न्यौपानेले बताए । उनका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङ लगायत जिल्लाका बंगुर फार्ममा बढी देखिएको थियो ।
‘सबैभन्दा बढी क्षति कास्कीमा भयो, अफ्रिकन स्वाइन फिभरबाट क्षति ब्यहोरेका किसानलाई आर्थिक सहायता दिन मन्त्रालयले व्यावसायिकता विकास कार्यक्रमका लागि यो वर्ष बजेट विनियोजन गरेको छ, त्यसबाट किसानलाई केही मात्रामा राहत पुग्छ,’ डा न्यौपानेले भने ।









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया