सेयरमा हरियाली

समाधान संवाददाता २०८० साउन २९ गते १२:५७

काठमाडौं ।
सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ। यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिदबिक्री भयो ।

Advertisement


आइतबारदेखि कारोबार खुलेको थ्रीस्टार हाइड्रोपावर र अप्पर सांगे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने भने घोराही सिमेन्ट्सको सेयर नकारात्मक सर्किट लाग्यो । माउन्टेन इनर्जीको से्यरमूल्य ९ प्रतिशत भन्दा माथि बढ्यो ।


कारोबार रकमको आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको अधिकतम कारोबार भयो । यस कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भयो । त्यस्तै घोराही सिमेन्ट्को २३ करोडभन्दा माथिको सेयर कारोबार भयो ।


आइतबार १३ उपसमूह मध्य ९ उपसमूहको परिसूचक बढ्यो भने भने ४ उपसमूहको परिसूचकको मूल्य घट्यो । निर्जीवन बीमा, बैंकिङ र होटल तथा पर्यटन उपसमूहको परिसूचकबढ्यो भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया