एनसेलले थप्यो देशभर ३३८ टावर

समाधान संवाददाता २०८० साउन ३० गते १०:५३

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न ठाउँमा सेवा विस्तार र गुणस्तर सुधार्न टावरहरु थपेको छ । एनसेलले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेसन (बिटिएस) मोबाइल टावर जडान गरेको हो ।

Advertisement


२०७९/८० मा सेवा विस्तार तथा सुधार अभियान अन्तर्गत जडान गरिएका हुन् । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ दिन पहिलो पटक सेवा विस्तार गरिएका हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ छन् । यी मोबाइल टावर सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको हो ।


एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो । हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहाई हाम्रो सेवाले जोडेका छौं ।’ उनले गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै कम्पनी प्रतिवद्ध रहेको जनाए ।


एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत वर्ष ६० जिल्लाका १ हजार ४ सय ५० मोबाइल टावर स्तरोन्नतिसमेत गरेको छ । फोरजी अन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्यान्ड र भ्वाइस ओभर लंग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलका ४ हजारभन्दा बढी फोरजी टावर छन् ।


एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

Advertisement


एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये पर्छ । स्थापनादेखि २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया