मुस्ताङका शिक्षक तथा कर्मचारीहरु आन्दोलित, बुझाए ज्ञापनपत्र

जोमसोम—मुस्ताङमा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रस्तावित संघीय शिक्षा ऐन २०८० को मस्यौदाले शिक्षक तथा कर्मचारीहरुको माग सम्वोधन नभएको भन्दै मुस्ताङका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
प्रस्तावित शिक्षा ऐन २०८० मन्त्रिपरिषदबाट पारीत भई संघीय संसदमा पेस गर्न लागिएको र यसले यसअघि भएको सरकारी वार्ता टोलीसंग नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले गरेको सम्झौता विपरित रहेकाले त्यसको विरोध स्वरुप आन्दोलनमा होमिन परेको मुस्ताङका आन्दोलनरत शिक्षकहरु बताउँछन् ।
शिक्षक महासंघको आहवानमा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले प्रस्तावित शिक्षा ऐन २०८० को बिरोध गर्दै नेपाल शिक्षक संघ मुस्ताङको अगुवाईमा विभिन्न शिक्षक संघ÷संगठनहरुबाट आन्दोलन गरिएको हो ।
प्रस्तावित शिक्षा ऐन २०८० को विरोध गर्दै मंगलबार नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठको नेतृत्वमा गएको आन्दोलनरत टोलीले शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय जोमसोममा धर्नासहित ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका निमित्त कार्यालय प्रमुख चन्द्रकान्त विक समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त धर्नासहितको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रेम गौतम,एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका ध्रुव बराल र नेपाल विद्यालय कर्मचारी परिषदसहितका शिक्षक तथा कर्मचारीहरु उपस्थित थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया