असोज ६ र ७ गते कक्षा १२ काे ग्रेडवृद्धि परीक्षा

पोखरा ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न कक्षा १२ को अन्तिम परीक्षामा देशभरिबाट ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकामा १ लाख ८२ हजार ननग्रेडेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उक्त परीक्षाको नतिजा मंगलबार प्रकाशन भएको थियो ।
बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र ननग्रेड आउनेको संख्या ७९ हजार ५८४ छ । करिब ४९ हजार विद्यार्थी भने २ भन्दा बढी विषयमा ननग्रेड भएका छन् । देशभरका एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ छ ।
परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ । १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । सबैभन्दा बढी ‘नन ग्रेडिङ’ एनजी अंग्रेजी विषयमा आएको छ । १ लाख ९ हजार ५२७ जनाको अंग्रेजी विषयमा एनजी आएको हो । यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया