कक्षा १२ मा मदरल्यान्ड सर्वोत्कृष्ट भएको दाबी

पोखरा ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयका ३ विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । यो नतिजाका साथ विद्यालय देशमै सर्वोत्कृष्टको बनेको संस्थापक प्राचार्य नारायण बरालको दाबी छ ।
३.९६ जिपिए ल्याउनेमा विज्ञान समूहका जीवन अधिकारी र कृतिका थापा छन् भने व्यवस्थापन समूहका राजेश पौडेल छन् । पढाइका साथ अतिरिक्त गतिविधिमा पनि अब्बल अधिकारी र थापा जिल्ला तथा प्रदेश स्तरीय विभिन्न कार्यक्रममा सहभागी भई पुरस्कृत हुने गरेको विद्यालयले जनाएको छ ।
यस वर्ष कक्षा १२ को बोर्ड परीक्षामा मदरल्यान्डको विज्ञान समूहमा २ सय २६ र व्यवस्थापन समूहमा १ सय ३० गरी ३ सय ५६ विद्यार्थी सहभागी थिए । तीमध्ये ५२ जनाले ३.६० देखि ४.० जिपिए, १ सय ५७ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् । १ सय ९ जनाले २.८० देखि ३.२० जिपिए तथा १८ जनाले २.४० देखि २.८० जिपिए पाएका छन् ।
गत वर्षको कक्षा १२ को बोर्ड परीक्षामा मदरल्यान्डबाटै सम्राट ढुंगानाले ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमा सर्वोत्कृष्ट बनेका थिए । मदरल्यान्ड २०७९ को एसइईको नतिजाका आधारमा संस्थागत विद्यालयतर्फ कास्की प्रथम हुन सफल भएको छ । मदल्यान्ड बेला बेलामा प्रदेश प्रथम तथा २०७५ को एसइईको नतिजाका आधारमा नेपालभरिमै संस्थागत विद्यालयतर्फ प्रभम भई पुरस्कृत भएको थियो ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया