‘भाइरल बन्ने लालसामा तथ्यहीन अभिव्यक्ति’

पोखरा ।
अस्पतालको आकस्मिक सेवाबाट प्रदान भएको उपचार सेवाको सम्बन्धमा एक सेवाग्राहीले सामाजिक सञ्जालमा प्रवाहित गरेको भिडिओमा उल्लेख भएका विषयप्रति हिमालय आँखा अस्पतालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । हालै आँखा अस्पतालको आकस्मिक कक्षमा जाँदा छिटो उपचार नपाएको र स्वास्थ्यकर्मीले अपेक्षित व्यवहार नगरेको भन्दै एक बिरामीले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेकी छन् । उक्त भिडिओमा व्यक्त भनाइप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको हो ।
उक्त विषयमा अस्पताल प्रशासनबाट तुरुन्त छानबिन गरी सम्पूर्ण तथ्य हेर्दा सेवाग्राही अस्पतालको आकस्मिक सेवा प्रदान हुने विभागमा साँझ करिब ८ बजे उपचारका लागि आएको र बिरामीलार्ई आकस्मिक सेवामा गरिने उपचार प्रक्रिया अन्र्तगत औषधी दिइएकोे अस्पतालले जनाएको छ ।
‘बिरामीले नाम दर्ताको प्रक्रिया गरी स्वास्थ्यकर्मीबाट जाँच गराई आवश्यक उपचार सेवा प्राप्त गरी साँझ साढे ८ बजे सेवाग्राही फर्किनुभएको अस्पतालको अभिलेखबाट देखिन्छ,’ अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सामाजिक सञ्जालमा भाइरल बन्ने लालसामा अनर्गल, तथ्यहीन अभिव्यक्ति दिएर भ्रम सिर्जना गर्ने कार्य भएको अस्पतालको दाबी छ ।
नेपाल नेत्रज्योति संघद्वारा हिमालय आँखा अस्पताल नाफा रहित विशुद्घ आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित एक सामाजिक संस्था भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्पतालले गण्डकी साथै कर्णाली प्रदेशका विकट जिल्लाहरुमा बिरामीहरुलाई वर्षौ देखि गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाइएको छ ।
‘समय–समयमा देखा पर्ने सापुजस्ता घातक रोगहरुका बारेमा अस्पतालले अग्रसरताका साथ उपचार सेवा प्रदान गर्दै आइरहेको र हाल यस भेगमा व्याप्त रुपमा फैलिएको आँखा पाक्ने रोगका बिरामीहरुको चाप अत्यधिक बढी रहेको अवस्थामा पोखरा महानगर पालिकासँग सहकार्य गरी निःशुल्क उपचार सेवा प्रवाह गरेएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अत्यन्त सजकताका साथ उत्कृष्ट उपचार गरेकै कारण आम नागरिकमा हिमालय आँखा अस्पतालको लोकप्रियता बढिरहेकोमा गौरव महसुस गरेका छौं ।’









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया