काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा खस्यो, १८ जनाको उद्धार

समाधान संवाददाता २०८० भदौ ६ गते ११:५४

पाेखरा ।

Advertisement

काठमाडौंबाट पोखरा आउँदै गरेको यात्रुबहाक बस बुधबार बिहान धादिङको गजुरी नजिकै सडकबाट त्रिशुली नदीमा खसेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी भए पनि १८ जना यात्रुको उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया