खेलकुद पत्रकार मञ्चको सभा असोज ६ गते

समाधान संवाददाता २०८० भदौ ६ गते १२:४७

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको ३१ औं बैठकले साधारण सभा तथा विधान अधिवेशनबारे निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।


मञ्चको विधान परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्देश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको हो । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष र महासचिव पदेन सदस्य रहने समितिलाई पूर्णता संयोजक अधिकारीले दिनेछन् ।


गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रुपमा रहेको मञ्चले प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने तयारीसमेत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीको रुपमा स्थापना भएको यो संस्था २०७५ सालमा गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको थियो । हाल ७४ पत्रकार मञ्चमा आवद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया