काठमाडौंबाट म्याग्दी आउँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

समाधान संवाददाता २०८० भदौ ६ गते १३:००

पोखरा ।

काठमाडौंबाट म्याग्दी आउँदै गरेको बस धादिङको गजुरीनजिकबाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशुलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन् । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया