पार्टीकाे प्रदेश भवन बनाउदै एमाले, प्रत्येक सदस्यसँग पाँच सय रुपैया उठाउने

समाधान संवाददाता २०८० भदौ ८ गते १२:३९

पाेखरा ।

नेकपा एमालेकाे गण्डकी प्रदेश कार्यालय भवन बनाउने अभियान सुरु भएकाे छ । पाेखरामा प्रदेश कार्यालय भवन बनाउने गरी एमालेल आर्थिक संकलन अभियान सञ्चालन गर्दैछ ।

विहीबार बसेकाे भवन निर्माण कमिटीको बैठकले गण्डकी प्रदेशका प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाउने निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले पार्टीको अत्याधुनिक कार्यालय भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको बताए ।

Advertisement

एमालेका सचिव समेत रहेका इन्चार्ज बिष्टले प्रत्येक पार्टी सदस्यबाट अनिवार्य ५ सय रुपैया उठाइने बताउदै थप रकमका लागि सक्ने र सहयाेगी महानुभाबहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे ।

साे कार्यालय भवनमा अत्याधुनिक हुनका साथै पार्टीका सबै गतिविधि गर्न प्रयाप्त हुने गरी डिजाइन गरिने याेजना पनि बिष्टले सुनाए । भवनमा सभा हल, पार्टी र जनसंगठनका कार्यालय रहने जानकारी दिए ।

Advertisement

बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ र गण्डकी प्रदेश सभाका एमाले संसदीय दलका नेता खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्न आव्हान गरे। भवन निर्माणका लागि पहल लिनु भएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।

बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकबाट जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो ।बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरु , जिल्ला कमिटि अध्यक्ष,संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख ,जनवर्गीय संगठनका अध्यक्ष र उध्यमी र व्यवसायि सहभागी हुनुहन्थ्यो।

बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षता र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव धनञ्जय दवाडीले गरेका थिए ।

तपाईको प्रतिक्रिया