महिला ह्यान्डबल प्रतियोगिता तयारी

पोखरा ।
महिलाको मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्याउन वुमेन्स क्लब अफ पोखराले ३५ वर्ष माथिका महिलाका लागि खेलकुदका गतिविधि गर्न लागेको छ । ‘स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद’ भन्ने नाराका साथ भदौ १६ गते पोखरा रंगशालामा खेलकुदका कार्यक्रम गर्न लागेको क्लब अध्यक्ष सारिका गुरुङले बताइन् ।
‘खेलकुदका कार्यक्रममा उमेर अनुसारको खेल ह्यान्डबल, बेलुन रेस र रस्साकस्सीलाई प्राथमिकतामा राखिएको छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘महिला घर परिवारका मेरुदण्ड हुन् । महिला स्वस्थ रहे घर परिवारलाई स्वस्थ र समुन्नत बनाउन सहयोग पुग्छ ।’ समग्र खेलकुद गर्नका लागि ३ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउने छन् । अध्यक्ष गुरुङले खेलकुद कार्यक्रममा ८ टिमले भाग लिने बताइन् । टिम दर्ता शुल्क ५ हजार कायम गरिएको छ । उनले ३५ वर्षभन्दा माथिका महिलालाई शारीरिक र मानसिक रुपमा स्वस्थ भएर सक्रिय र जागरुक बनाउन खेलकुद कार्यक्रमले सहयोग पुग्ने दाबी गरिन् ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया