माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयकाे रिसोर्ट भिजिट सम्पन्न

पोखरा, १२ भदौ
पोखरा ३, नदीपुरस्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कक्षा ११ मा नयाँ भर्ना भएका होटल व्यवस्थापन समूहमा अध्ययनरत विहानी तथा दिवा सत्रका विद्यार्थीहरुलाई पोखरा २१ निर्मलपोखरीस्थित माउन्टेन ग्लोरी रिर्सोट एन्ड स्पामा होटल भिजिट कार्यक्रम गरेको छ ।
बिहानी तथा दिवा सत्रका ६५ जना छात्रा र ८८ जना छात्र गरी जम्मा १५३ जनाविद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा प्रेसिडेन्सियल स्विट रुम, एक्जुकेटिभ स्विट रुम, डिलक्स रुम, सिङगल स्टोरी रुम, डबल स्टोरी रुम, साउनावाथ, स्विमिङ पुल, अडिटरियम हल, कन्फरेन्स हल, हेल्थक्लब, इन्डोर स्पोट्र्स अन्तर्गत ब्याडमिन्टन, टेबलटेनिस, विलियड लगायत विभिन्न स्थानहरुमा भिजिट गरेर खेल्ने, आवश्यक जानकारी लिने तथा सम्बन्धित विभागीय प्रमुखहरुबाट रिपोर्टिङ विद्यार्थीहरुले लिएका थिए । रिसोर्टमै ब्रेकफास्ट गरी विद्यार्थीहरुले विभिन्न दृश्यहरुमा तस्बिरहरु कैद गरे । स्थलगत अवलोकनसहित रिसोर्टका विशेषताबारे जानकारी लिए । रिसोर्टमा विहान ७ बजेदेखि ११ बजेसम्मको समय उनीहरुले रिसोर्टमा बिताए ।
कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोककुमार शाही, प्रशासक चित्रबहादुर गुरुङ, होटल व्यवस्थापन विभागीय प्रमुख शेरसिंह गुरुङ (विकास), ट्राभल एन्ड टुरिजम् विभागीय प्रमुख कर्मा पाल्जोर लामा, लेखाप्रमुख नवराज शर्मा पौडेल, होटल व्यवस्थापन शिक्षक शिवराज काफ्ले लगायतको टिमले ३ समूह बनाएर विद्यार्थीहरुलाई रिसोर्ट भिजिट गराएको थियो ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया