विन्ध्येश्वरी आदर्श स्कुलमा अंग्रेजी रचनात्मक लेखन

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी रचनात्मक लेखन कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मावि तहमा कक्षा ९ की छात्रा अनिता विक प्रथम, कक्षा १० का छात्र कृष श्रेष्ठ द्वितीय र कक्षा ९ की छात्रा रियाना कुँवर तृतीय भएका छन् ।
आधारभूत (सिनियर) तर्फ कक्षा ७ का छात्र दिवस घिमिरे प्रथम, कक्षा ८ की छात्रा प्रशंसा कार्की द्वितीय र कक्षा ८ का छात्र श्रीष बुद्धाचार्य तृतीय भएका छन् । आधारभूत (जुनियर) तर्फ कक्षा ५ की छात्रा सृष्टिका कोइराला प्रथम, सोही कक्षाकी सबिता सुनार द्वितीय र कक्षा ४ का छात्र सिद्धान्त केसी तृतीय भएका छन् । आधारभूत तहकै (जुनियर) तर्फ कक्षा ३ का छात्र सखिम बास्तोला प्रथम, कक्षा २ का छात्र अंकित मन्ना द्वितीय र कक्षा ३ की छात्रा अनुस्का पौडेल तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक तथा तार्किक क्षमताको वृद्धि विकास हुन सहयोग हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए ।








सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया