
यातायात व्यवसायी हुँदै काष्ठ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरेको २२ वर्षको अनुभव संगालेर २०७२ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गरेको थिएँ । विभिन्न तह पार गर्दै अहिलेका लागि मेरो उम्मेदवारी प्रथम उपाध्यक्षमा छ । युवा व्यवसायीका नामले चिनिँदै सर्वप्रथम एसोसिएट सदस्य, दोस्रो पटक खुला सदस्य, उपमहासचिव र वर्तमान कार्यसमितिको महासचिवको निर्वाचनमा समेत लोकप्रिय मतका साथ विजयी भएकाले पनि यस पटक पनि सोचे अनुरुपकै परिमाण आउनेमा म विश्वस्त छु ।
महासचिव हुँदा संघको सचिवालय व्यवस्थापन लगायतमा उत्कृष्ट कार्य गरेको अनुभव र मेरो कामप्रति अग्रजहरुले गरेको विश्वास, उहाँहरुको सल्लाह, सुझाव तथा लेखनाथ उद्योग वाणिज्य संघका उद्योगी, व्यवसायीको भावनालाई प्रतिनिधित्व गर्दै संघको हितमा म सधैं अग्रमोर्चामा रहेर विश्वास समेत दिलाउन चाहन्छु । १४ औं महाधिवेनका लागि तयार भएको प्रतिवद्धता पत्रलाई आधार मानी व्यवसायीको हित, आर्थिक पारदर्शिता, संस्थागत विकास र सामाजिक कार्यलाइै सँगै लैजाने उद्देश्य अनुरुप नागरिक परोपकार समन्वय संस्थाको आर्थिक संयोजक हुँदा देखाएको आर्थिक पारदर्शिता म संघमा पनि लागू गर्ने छु । त्यो आम व्यवसायीले देखाएकोे सहानुभूति नै मेरो चुनाव जित्ने आधार हो ।
संघको वर्तमान कार्यसमितिमा महासचिव हुँदा जसरी १ हजार ८ सय ६६ व्यवसायीलाई आफ्नै परिवार सम्झेर सुखदुःखमा साथ दिइएको थियो, त्यसमा कत्ति पनि कमी आउन नदिई आगामी कार्यकालमा पनि सहकार्यमा रहिरहने विश्वाससमेत दिलाउन चाहन्छु । संघको संस्थागत हितका सवालमा मैले सधैं अग्रमोर्चामा रहेर काम गर्दै आएको छु । अब प्रथम उपाध्यक्ष भएर कुर्चीमाा मात्र रहने होइन, व्यवसायीको हितको लागि अग्रपंक्तिमा रहनेछु । संस्थाको हित र समाजप्रतिको दायित्वलाई कहिल्यै भुल्दिनँ ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण मर्कामा परेका आम व्यवसायीलाई कसरी माथि उठाउन सकिन्छ भन्ने खोजी गरिनेछ । सम्भावनाको खोजी गरिरहेका युवा व्यवसायीको हितमा लगानी मैत्री वातावरण सृजना गर्दै लेखनाथलाई कृषि र पर्यटनको क्षेत्रबाट विकास गर्नका लागि सबै तहका सरकारसँग पुलको रुपमा काम गर्नु नै मेरो अभियान रहनेछ ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया