टिमको योजनालाई मूर्त रुप दिन्छुः जमरकट्टेल

लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशबाट नयाँ नेतृत्व चयनका लागि हरेक कार्यकारी पद वरिष्ठ उपाध्यक्षमा ऋषिराम जमरकट्टेलकाे उम्मेदवारी परेकाे छ । उनी हाडवयर व्यवसायी हुन् । जमरकट्टेल लेखनाथ हाडवयर्स एसोसिएसनका अध्यक्ष हुन् । राजनीतिक पृष्ठभूमिका जमरकट्टेल भरतकुमार अधिकारीकाे समूहबाट उम्मेदवार बनेका हुन् ।
विद्यालय तहको पठनपाठनदेखि नै समाज रुपान्तरणका लागि ज्ञान, सीप र क्षमता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राख्दै नेपाल सरकारको जागिरसमेत छोडेर २०६२ देखि नै व्यवसायमा प्रवेश गरेको हुँ । अहिले संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छु । संघमा २०७२ देखि अनवरत रुपमा बिभिन्न उपसमितिमा बसेर काम गर्दैको अनुभवले खारिदै कार्यसमिति सदस्य, एक पटक महासचिव पदमा समेत उपविजेता भए पनि संघप्रतिको मेरो लगावलाई देखेर अग्रजको अनुरोध र आम व्यवसायीको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिएको छु ।
जब म नेपाल जेसिजमा लागें, त्यहाँबाट धेरै सिक्ने अवसर पाएँ । विदेशमा समेत गएर तालिम लिने अवसर आयो । ती तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्दै समाज रुपान्तरणका लागि लाग्नु पर्छ भन्ने मान्याताले संघमा आवद्ध आम व्यवासीलाई प्रशिक्षणको माध्यवाट क्षमता अभिवृद्धि गर्नुपर्छ भन्दै मेरो पहिलो योजना विज्ञता हस्तान्तरण छ । जे गरिन्छ, त्यसमा पूर्ण ज्ञान हुनु पर्छ । त्यसैले संघमा आवद्ध १ हजार ८ सय ६६ व्यवसायीलाई आफ्नै स्रोत र साधनबाट सूचना एवम प्रविधिबारे तालिम दिनका लागि छुट्टै टे«निङ सेन्टरको विकास गरी स्थानीय तह र व्यवसायीको टे«निङ हब आवश्यक देखेको छु ।
संघमा काम गर्ने कुनै अध्यक्ष वा उपाध्यक्षहरुले मात्र होइन, यो त टिममा गर्ने हो । हाम्रो टिमले अगाडि सारेका योजनालाई मुर्त रुप दिन जहिले पनि म कटिबद्ध हुनेछु । व्यवसायी र समाजको आवश्यकता बमोजिम तीनै तहका सरकार र महासंघसँग समन्वय गरी नयाँ परियोजना सञ्चालनदेखि बजार व्यवस्थापन समितिलाई सक्रिय बनाएर वर्षमा ४/५ पटक विविध विषयमा विज्ञबाट प्रशिक्षण तथा विचार गोष्ठी गर्ने मेरो योजना छ ।
म २०८०–२०८२ को कार्यकालमा अध्यक्षको सारथि भएर काम गर्ने छु भने २०८२–२०८४ को कार्यकाललाई लेखनाथ उद्योग वाणिज्य संघकै इतिहासमा स्वर्णम अक्षरले लेखिने गरी काम गर्न मानसिक रुपले तयार छु ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया