लेखनाथमा कृष्णको रथ यात्रा
समाधान संवाददाता
२०८० भदौ २२ गते १३:२२

लेखनाथ ।
कृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ३० को कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम सेवा समितिले भगवान कृष्णको रथ यात्रा निकालेको छ ।
धार्मिक रीतिरिवाज अनुरुप सेवा केन्द्रले हरेक वर्ष जस्तै यस वर्ष पनि आश्रमबाट बाजागाजा, भजन कृतन, झाँकी, शोभा यात्रासहित भगवान कृष्णको रथयात्रा गराइएको हो ।
आश्रम परिसरबाट निस्किएको रथ यात्रा पार्वती मन्दिर, त्रिनेत्रश्वर शिव मन्दिर हुँदै शिशुवा बजार हुँदै पुन आश्रममा पुगी धार्मिक सभामा परिणत भएको मूल आयोजक समितिका संयोजक कल्याणकुमार कार्कीले जानकारी दिएका छन् ।
यस पूर्व कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले गरेका थिए । रथ यात्रापछिको धार्मिक सभामा विशेष गरी भगवान कृष्णको महिमा र धर्मको महत्व एवं अनुशासनका बारेमा जानकारी गराइएको थियो ।
सम्बन्धित









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया