लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा श्रेष्ठ विजयी

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत नयाँ नेर्तत्व चयनका लागी भएको निर्वाचनमा बिनोद श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पारेका हुन् । विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ८७ मत प्राप्त गरे ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले उनका प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरेका छन् । ओझाले ९ सय ७० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जमरकट्टेलले ६ सय ९० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी (राजु)ले १ सय २२ मतले गोपिचन्द्र बाँस्तोलालाई पछि पार्दै विजयी भएका छन् । बाँस्तोलाले ७ सय ७४ मत प्राप्त गरे।
संघको द्धित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरेका छन् । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरेकी थिईन् । महासचिव पदमा संघको ईतिहासमै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी जानुका अधिकारी पराजुलीले यस पटक पनि पुनः बाजी मारेकी छिन् । १ सय ७७ मतको फराकिलो मतको अन्तरले प्रतिद्धन्दी जिवन तिवारीलाई उनले पछि पारेकी छिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत प्राप्त गरेका थिए ।
यस्तै उप–महासचिव पदमा भरतराज ओझाले ९ सय १२ मत ल्याउँदै भिम बहादुर सार्की (काईंला)लाई १ सय ६० मतको फराकीलो अन्तरले पछि पारेका छन् । काईलाले ७ सय ५२ मत ल्याउँदा ओझाले ९ सय १२ मत ल्याएका थिए । कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आईडि)ले ८ सय ३७ मत ल्याउँदै उनका प्रतिद्धन्दी पुष्पमणी भण्डारीलाई जम्मा २० मतको अन्तरले पराजित गरेका छन् । भण्डारीले ८ सय १७ मत प्राप्त गरेका थिए ।
संघको दुई आरक्षण महिला सदस्यको लागि भएको मतदानमा प्रतिक्षा रानाभाट प्रभाकुमारी पौडेलले विजयी भएका छन् । खुल्ला सदस्यमा १६ जनाको उम्मेदवारी परेकोमा अर्जुन भण्डारी, गंगाकुमारी मल्ल, विजय न्यौपाने, भरत थापा, लक्ष्मीप्रसाद ढुंगाना (एल.पि.), खेमराज बराल र टिकाराम सापकोटा विजयी भएका छन् ।









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया