विद्यालयबाटै प्रजनन सचेतना आवश्यक

पोखरा ।
वियोन्ड बेइजिङ कमिटी गण्डकीले आइतबार यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी सकारात्मक मनोवृत्ति बढाउन स्थानीय गैर परम्परागत सहयोगीको संवेदनशीलतासम्बन्धी कार्यक्रम गरेको छ ।
कार्यक्रममा जनप्रतिनिधि, बाल क्लब, मुस्लिम समुदाय, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, अधिकारकर्मीको सहभागिता रहेको संस्थाका अध्यक्ष उषा बरुवालले जानकारी दिइन् । राइट हियर राइट नाऊको सहयोग तथा नारी सेवा केन्द्र नदीपुरको समन्वयमा भएको कार्यक्रममा उनले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुरा गर्नुभन्दा लुकेको र दबिएको विषय भएको बताइन् । त्यसबारे किशोर किशोरीलाई विद्यालय स्तरमा कार्यक्रम गर्नेदेखि समुदाय सचेतनामूलक कार्यक्रम गरेर साझा बुझाईको विकास गर्नुपर्ने उनले उल्लेख गरिन् ।
‘युवामा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सचेतना कमी भएकाले कार्यक्रम बढाउनु आवश्यक छ,’ उनले भनिन्, ‘यौन, प्रजनन् स्वास्थ्यको अधिकारका बारेमा सबैलाई सचेत बनाएर सकारात्मक मनोवृत्ति बढाउनु पर्छ ।’ उनले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी जानकारी र शिक्षा बढाउनुपर्ने बताइन् ।
उनले ती विषयको बारेमा सचेत र शिक्षित नहुँदा समाजका विकृति बढेको उल्लेख गरिन् । माछापुच्छे« गाउँ पालिकाका पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडीले यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा गाउँ बस्तीसम्म कार्यक्रम पुग्नुपर्ने उल्लेख गरिन् ।
अधिकारकर्मी कमला रिमालले विद्यालय स्तरमा कार्यक्रम गरेर साथी शिक्षकमार्फत विद्यार्थीले अनुभव आदान प्रदान गर्नुपर्ने बताइन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६का कार्यवहाक अध्यक्ष मञ्जु नेपाली, पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा सदस्य दुर्गादेवी बस्नेत, जिल्ला समन्वय समिति कास्कीका पूर्व सदस्य गुमादेवी अधिकारी गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकीका अध्यक्ष ईन्द्रकुमार शर्मा, कास्कीका अध्यक्ष केशु भुजेल, नारी सेवा केन्द्रका उपाध्यक्ष सरु अधिकारी, मौला इस्लामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नाजबुननिशा खान लगायतले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा बोलेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया