‘आत्महत्या समाधान होइन’

पोखरा ।
गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले आत्महत्या समस्याको समाधान नभएको बताएकी छिन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा उपसभामुख थापाले अशिक्षा, जनचेतनाको कमी तथा बेरोजगारीका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले सुनाइन् ।
उनले यस्तो समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने औंल्याइन् । ‘हरेक व्यक्ति अप्ठ्रोमा हुन सक्छ । त्यो अप्ठ्रोलाई परिवार र नजिकका मान्छेले बुझ्नु आवश्यक छ,’ उपसभामुख थापाले भनिन् । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख जमुना पौडेलले आत्महत्या घटना न्यूनीकरण गर्नका लागि आध्यात्मिक र अध्ययनशील हुन आवश्यक रहेको बताइन् । उनले जीवनमा दुःखमा पनि खुसी हुन सके आत्महत्याको रोकथाम गर्न सकिने तर्क गरिन् ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ, संस्थाको सहकायमा आयोजित विश्व आत्महत्या रोकथाम दिवस ‘आशा जगाऔं जीवन बचाऔं’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रमअघि पोखरा सभागृहबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति कास्कीको हलमा गएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष केशु भुजेल, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, गैर सरकारी संस्था (गैसस) महासंघ गण्डकी अध्यक्ष गोपाल खड्का र राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले बोलेका थिए ।
कार्यक्रममा अपांग महासंघ गण्डकीका अध्यक्ष शर्माले अपांग भएका व्यक्तिमा जीवनमा बाच्ने रहर कम हुने बताए । वरिष्ठ मनोचिकित्सक प्राडा जयबहादुर खत्रीले आफूले आफैंलाई माया गर्न सिक्नुपर्ने बताए । उनले कुनै पनि व्यक्तिमा मानसिक बिरामी भएको लक्षण देखिए तुरुन्त अस्पताल पुर्याउन पनि आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष निर्मल लामिछानेले दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै गर्दा आउँदो दिनमा अवस्था कस्तो हुने हो भन्दै चिन्त्ता व्यक्त गरे । उनले आफू मनोचिकित्सक भएर काम गरेको लामो समय हुँदा प्रत्यक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले त्यो डाटा हेर्न छाडेको बताए ।
‘म आत्महत्यासम्बन्धी डाटा सन् २०१९ सम्म त हेर्थें तर आजभोलि छाडें,’ उनले भने, ‘डाटा हेर्यो, डर लाग्छ । अवस्था भयावह छ । तर, अवस्था सुधार्नुपर्छ ।’ कोणसभामा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख मायादेवी शर्मा, कोशिस नेपालका सुदीप घिमिरे, कोपिला नेपालकी बिना शिलवाल लगायतले बोलेका थिए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया