झिर हाउसमा अखाद्य वस्तु फेला

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित पुरानो घर आँगन रेस्टुरेन्ट एन्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आइतबार अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको कार्यालयका अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार आइतबार स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासोपछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै बाह्य पदार्थ देखिएको र त्यहीँ अनुसार मुुचुल्का तयार गरिएको हो । सरकारले तोकेको मापदण्ड विपरीत अनिवार्य न्यूनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्यून गुणस्तरको भेटिएको उनले बताए ।
कार्यालयका प्रमुख शिवजी बरालले अनुगमन गरेर रिपोर्ट प्रयोगशालामा परीक्षणका लागि पठाइएको बताए । तर, आँखाले नै प्रस्ट देख्न सकिने गरी अखाद्य वस्तु भेटिएको मुचुल्कामा उल्लेख छ । अखाद्य हो कि होइन रिपोर्टले पनि देखाउने बरालले बताए । उनले रिपार्टले खराबी देखाए उक्त झिर हाउसलाई कारबाही गरिने सुनाए ।
रेस्टुरेन्ट सञ्चालक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा यस्तो भेटिएको बताएको मुचुल्कामा उल्लेख छ । विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हालेर पिउन सुझाव दिएका छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया