बिहीबार सार्वजनिक विदा

पोखरा ।
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । उक्त दिन सार्वजनिक विदा दिने निर्णय नेपाल सरकारले गरेको छ । नेम्वाङका छोरा अस्ट्रेलियाबाट बुधबार साँझ नेपाल आइपुगेको हुँदा बिहीबार अन्त्येष्टि गरिने भएको हो ।
पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो । नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय छ । बालुवाटारस्थित निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्बाङको निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया