पोखरामा इनोफेस्ट कार्यक्रम हुँदै
पोखरा ।
पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृहमा भदौ २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडिपीले आयोजना गरेका हुन् ।
पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशीलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडिपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदीप अर्यालले जानकारी गराए ।
उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यलाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोस्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशीलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।
प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायत विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नवीनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
व्यावसायिक क्षेत्र, पोखरेली नागरिक, सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराइएको छ । कोइकाका उपाध्यक्षको समेत उपस्थिति रहनेछ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडिपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।









विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया