‘सुजुकी पर्वाेत्सव’ मा नाडा अटो सो लक्षित छुट

काठमाडौं ।
सिटी मोटोकर्पले ‘सुजुकी पर्वाेत्सव’ योजनामा नाडा अटो सोका लागि विशेष छुटसमेत थपेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङजको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आउँदो दसैंतिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो ।
यो योजना अन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बिमा र १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो सो लक्ष्य गरी सो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागु हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरकफरक हिसाबका छुटहरु लागु हुनेछन् । नाडा अटो सोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । योजना सीमित अवधिका लागिमात्र जारी गरिएको कम्पनीले जनाएको छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया