रास्वपाका पूर्वसांसद ढाकाकुमारका बारेमा जथाभाबी लेखेपछि एक युवक पक्राउ

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा।ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
डा। श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
केही दिनअघि रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी,’ भन्ने स्टाटस राखेका थिए ।
उनलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर ९साईबर अपराध० अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया