लिटल फ्लावरमा तीज गीत प्रतियोगिता

पाेखरा । तीज अवसरमा पोखरा –२७ स्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीमा अतिरिक्त क्रियाकलापअन्तर्गत तीज गीत प्रतियोगिता भएको छ ।
कक्षा ३ देखि १० सम्मका १० टिमले भाग लिएको प्रतियोगितामा कक्षा ७ ‘क’ समूहले प्रथम स्थान हासिल गरेको छ । कक्षा १० को समूहले दोस्रो स्थान हासिल गर्न सफल भयो भने कक्षा ४ को समूहले तेस्रो पुरस्कार प्राप्त ग¥यो । कक्षा ३ ले प्रोत्साहन पुरस्कार पायो ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल विकल पौडेलले बताए ।
निर्णायकहरुमा नृत्य प्रशिक्षक मिलन तामाङसहित शिक्षक लक्ष्मी गुरुङ र विष्णुहरि पौडेल थिए ।
गिता शिक्षक लक्ष्मी घिमिरेको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारीले स्वागत गरेका थिए । ५९ औं अन्तराष्ट्रिय बाल दिवसबारे माध्यमिक तह इन्चार्ज रामकृष्ण आचार्यले बोलेका थिए । प्रतियोगिताको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया