प्रदेश स्तरीय भलिबल प्रतियाेगितामा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस च्याम्पियन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकी प्रदेश खेलकुद विभागद्वारा आयोजित प्रथम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भने मूल नाराका साथ पृथ्वीनारायण क्याम्पसमा भएकाे प्रतियाेगितामा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसकाे बी टीमले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । च्याम्पियन अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस टीम बीले नगद ५० हजार हात पार्याे । प्रतियाेगिताकाे दाेस्राे भएकाे अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस ए टीमले ३० हजार पुरस्कार प्राप्त गर्याे ।
प्रतियाेगितामा गण्डकी भूगोल का ८ विभिन्न टीम सहभागी भएका थिए । खेलकुद विभाग संयोजक विक्रम क्षेत्रीले आगामी दिनमा पनि खेलकुदका कार्यक्रम निरन्तरता दिने साथै आगामी वर्ष देखि सुबाश चन्द्र निम्बाङ स्मृति भलिबल प्रतियोगिता सञ्चालन गर्ने बताए ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया