लेकसाइडकाे माउण्ट कैलाश रिसाेर्टमा क्यासिनाे ताज सञ्चालन अनुमति

पाेखरा ।
पोखराको लेकसाइड रहेको माउन्ट कैलाश रिसोटमा क्यासिनो ताज सञ्चालनमा आएको छ । चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन आएको हो । पोखरामा यस अगाडी फुलबारी रिसोर्ट र होटल पोखरा ग्रान्डमा क्यासिनो भएपनि केही वर्ष पहिले देखी नै बन्द भएका छन् ।
माउन्ट कैलाश रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएर भदौ २९ गते देखी सञ्चालनमा आएको हो । क्यासिनो सञ्चालनका लागि साढे २ करोड राजश्व सरकारलाई बुझाएर क्यासिनो सञ्चालनका अनुमति लिने व्यवस्था छ ।
क्यासीनो सञ्चालनका लागि २१ करोड रूपैयाँको लगानीमा क्यासिनो सञ्चालनका लागि कम्पनीले पर्यटन विभागबाट सिफारिस लिँदै उद्योग विभागमा दर्ता भएको थियो । कम्पनीलाई क्यासिनो सञ्चालनका लागि रिसोर्टले अनुमति दिएको छ । क्यासिनोमा १ सय भन्दा बढिले रोजगारी पाएका छन् । माउन्ट कैलाशमा ५१ वटा रुप रहेको छ । रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया