एमाले गण्डकीको अधिवेशन झाँकीमय हुने

पोखरा ।
असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन सांस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने अधिवेशन पूर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पूर्ण सांस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो ।
झाँकी व्यवस्थापन उपसमिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले सांस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरी तयारी गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पञ्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिए ।
संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी व्यवस्थापनका सन्दर्भमा भनाइ राखेका थिए ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया