दमौलीमा फेरि हाटबजार

दमौली ।
धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हरायो ।
हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर बुधबारदेखि व्यास ३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ । किसान र उपभोक्ताबीच सिधा सम्पर्क गराएर कृषि सामग्री खरिद–बिक्री गर्ने व्यवस्था मिलाउन हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
किसानले गाउँबाट तरकारी ल्याएर दमौलीका विभिन्न चोक र चौतारामा बसेर बिक्री गर्दै आएकामा अब यस ठाउँमा ल्याउने प्रयत्न गरिने उनी बताउँछन् । नगरपालिकाले यस ठाउँमा १३ व्यापारिक कक्ष निर्माण गरेको छ । ती कक्ष किसानका लागि निःशुल्क हुनेछन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया